ताजा खबर विदेश

पेट्रोलियम ट्यांकर विष्फोट ७० जनाको मृत्यु १०० भन्दा बढी

पेट्रोलियम ट्यांकर विष्फोट ७० जनाको मृत्यु १०० भन्दा बढी
mozambik-nepalaaja
मंसिर ३ । मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको हो । समाचार एजेन्सीहरुका अनुसार दुर्घटना भएको सो ट्यांकरबाट स्थानीले इन्धन निकालिरहेको समयमा विस्फोट हुँदा कयौं मानिस आगोको चपेटामा परेका थिए । विस्फोटमा एक सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ । उक्त ट्यांकर बाएरा बन्दरगाहबाट पेट्रोल लिएर आउँदै गरेको अवस्थामा दुर्घटना भएको बताइन्छ ।

Mozambik Accident

विशेष