स्टेफन हकिन्सको भविष्यवाणीः पृथ्वीमा मानव सभ्यता अबको हजार वर्षमा समाप्त हुन्छ
एजेन्सी– अब आउने एक हजार वर्ष भित्रमा पृथ्वीमा मानव सभ्यता नरहने विश्वविख्यात भौतिकशास्त्री स्टेफन हकिन्सले बताएका छन् ।
किनभने त्यो बेला पृथ्वी मानिसहरुकालागि सुहाउँदो हुने छैन । बाच्नको लागि दोस्रो ग्रहमा जानु पर्ने छ । हकिन्सनले अक्सफोर्ड यूनियन सोसाईटीमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
७४ वर्षीय बैज्ञानिकको भनाइलाई आधार मान्दै विभिन्न न्युज एजेन्सीहरुले यस्तो लेखेका छन् । ‘मलाई लाग्दैन कि, हाम्रो पृथ्वीमा आउने हजार वर्षसम्म बाच्न सकिन्छ । बाच्नको लागि कुनै दोस्रो ग्रहमा जानु पर्छ ।’ हकिन्सले भनेका छन् ।
उनका अनुसार पृथ्वी ग्रह धेरै कमजोर भईसकेको छ । आउने वर्षहरुमा पृथ्वीमा जलवायु परिवर्तन र आणविक हतियारहरुको आतंबाट गुज्रिने छ । उनले आफ्नो रिर्सच र आइन्स्टाइनका शिद्धान्तहरु पनि सो भनाइ पुष्टि गर्न अगाडि राखेका छन् ।
हकिंन्सका अनुसार अनुसन्धान र थ्यौरिटिकल फिजिक्सको लागि समय उपयुक्त रहेको छ । पछिल्लो ५० सालमा मानवीय सोचाईमा धेरै बदलाव आएको छ ।