विदेश

पाकिस्तानको स्वातमा पुनः जीवित भए बुद्ध

पाकिस्तानको स्वातमा पुनः जीवित भए बुद्ध
मंगलावर गाउँको नजिकैको ढुंगामा कुदिएको गौतम बुद्धको प्रतिमाको बारेमा संसारले नब्बे साल पहिला थाहा पाएको थियो । सन् १९२६ मा सर आरेल स्टीनलेका माध्यमबाट यो रहस्य खुलासा भएको थियो । [caption id="attachment_39630" align="alignnone" width="624"]budako-murti-in-pakistan पाकिस्तानकाे स्वातमा रहेकाे गौतम बुद्धकाे प्रतिमा / बिबिसि[/caption]
तर, २००७ सालमा संदिग्ध तालिबान चरमपंथिले ईसा पूर्वको यो प्रतिमा तोडफोड गरेका थिए । ढुंगामा कुदिएको प्रतिमालाई नष्ट गर्ने असफल प्रयास गरेका थिए । इतालवी दूतवासको सहयोगपछि अहिले उक्त प्रतिमालाई ठीक गरिएको छ । यस प्रतिमालाई स्वातको संग्राहलयमा राखिने बिबिसिले जनाएको छ । बुद्धको प्रतिमाको जिर्णोद्धार तीन चरणमा पूरा गरेका बताइएको छ । पहिलो चरणमा टुटेफुटेका भागलाई जम्मा गरिएको थियो । पुराना तस्बिर र दस्ताबेजका सहयोगबाट थ्रीडि डाटा तयार गरेर जसको मद्दतले टुक्राबाट प्रतिमाको शीर अन्य भागको तयार गरिएको थियो । यस प्रतिमाको गहन अध्ययन गरिएको रिपोर्ट अन्ना फिलगेजी – २०१५ ले पनि प्रतिमालाई पुरानै अकार दिन ठूलो मद्दत मिलेको बताइन्छ । इटलीको आर्कियोलोजिकल (पुरातात्विक) मिशनले युनिभर्सिटी अफ पडुआको साथ मिलेर यस ठाउँको पुरातात्विक महत्वको सर्वेक्षण गरे । यसमा खैबर–पख्तूनख्वाको पुरातत्व विभाग र संग्रहालयले पनि सर्वेक्षणमा सामेल भएका थिए । [caption id="attachment_39631" align="alignnone" width="624"]budha-murti-in-pakistan पाकिस्तानकाे स्वातमा रहेकाे प्रतिमाकाे १९८९ मा लिइएकाे तस्बिर / बिबिसि[/caption]
सर्वेक्षणमा पहाडको चुचुरोमा एक विशाल बौद्ध मठको अवशेष भेटियो । बुद्धको प्रतिमा भएको ठाउँसम्म जाने पुरातात्विक महत्व बोकेको भर्याङ पनि भेटियो । बोधिसत्व पद्यपानीको मूर्ति, ध्यान गर्ने गुफाहरु, भित्तेचित्र, ३ बौद्ध शिलालेख र नजिकै एउटा ठूलो स्तूपा पनि भेटियो । तिब्बती यात्री, ओर ज्ञान पाले १२६० र १२८३ को बीच स्वातको भ्रमण गरेका थिए । त्यसै क्रमा उनले लेखेका छन् ‘मंगलावरमा एउटा मन्दिर थियो, राजा इन्द्रभूतिले उक्त मन्दिर बनाउन लगाएका थिए जहाँ बुद्ध, तारा र लोकेश्वरको प्रशस्त प्रतिमा बनाउन लगाएका थिए ।’ ओर ज्ञान पा हिमालयको यात्रा गर्ने बौद्ध तीर्थयात्री मध्य एक थिए जसले स्वातको भ्रमण गरेका थिए । ५ औँ शताब्दीबाट नै बौद्ध तिर्थयात्री उदयन, राजा इन्द्रभूति र पद्यसंभवको पवित्र भूमिको भ्रमण गर्ने गर्थे । मुनि पद्यसंभवलाई तिब्बर भुटानमा गुरु रिम्पोचेको नामले चिनिने गरिएको छ । ल्यूका एम ओलिविएरी स्वातमा गौतम बुद्धको प्रतिमा सधै जीर्णद्धारमा जोडिएर रहेको छ ।
 

america is no more strong nation said pakistan Buddha in Pakistan

विशेष