विदेश

राष्ट्रपति ट्रम्पको आप्रवासीलाई निकाल्ने योजनाविरुद्ध न्यूयोर्कका मेयरको यस्तो चेतावनी

राष्ट्रपति ट्रम्पको आप्रवासीलाई निकाल्ने योजनाविरुद्ध न्यूयोर्कका मेयरको यस्तो चेतावनी
मंसिर–३ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि जनता र आप्रवासीलाई निकै त्रास फैलिएको छ । विशेषगरि ट्रम्पको गैरकानुनी आप्रवासीलाई देशनिकाला गर्ने योजनाका कारण न्यूयोर्कबासीमा त्रास बढेको हो । अमेरिकी सहरहरुमा रहेका विदेशमा जन्मिएका आप्रवासीको औसत संख्या भन्दा तीन गुणा बढी त्यस्ता नागरिक न्यूयोर्कमा छन् । न्यूयोर्कका मेयल बिल डे ब्लाजियोले यो त्रासले आफूलाई पनि चिन्तित बनाएको बताएका छन् । आफ्ना नगरबासीमा यस्तो त्रास फैलाउने अधिकार ट्रम्पलाई नभएको बताउँदै मेयर डे ब्लाजियोले कागजपत्र नभएका आप्रवासीहरु उनीहरुका परिवारबाट नछुटिउन् भन्नका लागि आफूले सकेसम्म सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि नै डे ब्लाजीयोले आप्रवासीको सुरक्षाका लागि कागजात नभएका नागरिकको विवरण शहरको तथ्यांक भण्डारबाट मेटिदिने चेतावनी दिएका थिए । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले आपराधिक पृष्ठभूमीका करिब ३० लाख आप्रवासीलाई देशबाट बाहिर पठाउने वा थुन्ने आफ्नो लक्ष्य भएको बताएका छन् । केयौँ अमेरिकी सहरका अधिकारीहरुले उक्त प्रस्तावको विरोध गरिरहेका छन् । एजेन्सी

Bill Dey tramp

विशेष