News

तीन तहको कर्मचारीयन्त्रको व्यवस्थापन तथा कार्यान्वयनमा जोड

तीन तहको कर्मचारीयन्त्रको व्यवस्थापन तथा कार्यान्वयनमा जोड
मंसिर - ३ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले जनताले अनुभूत गर्ने गरी गाउँदेखि समग्र मुलुकमा परिवर्तन गर्न कर्मचारीतन्त्रको ध्यान जानुपर्ने औँल्याए । नेपाल जनप्रशासन सङ्घले आयोजना गरेको ‘चुस्त दुरुस्त सार्वजनिक प्रशासनका लागि तथ्य र अनुभवमा आधारित नीति निर्माण’ विषयको अन्तक्र्रियामा उनले भने , “पचास वर्षअघि नेपाल जहाँ छ आज पनि त्यहीँ रहेको छ । त्यसमा परिवर्तन ल्याउन सरकार तथा कर्मचारीतन्त्र संयुक्त भएर अघि बढ्नुपर्छ ।” मुलुक सङ्घीयतामा जाँदै गरेको भन्दै प्रशासनलाई पनि समायोजन गर्दै तीन तहको कर्मचारीयन्त्रको व्यवस्थापन तथा कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा विज्ञबीच छलफल चलाउनुपर्ने उनले औँल्याए । सो अवसरमा मुख्य सचिव डा सोमलाल सुवेदीले हाल विद्यमान नीति तथा नियमलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा समीक्षा हुनुपर्ने बताउनुभयो । मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले देशलाई आवश्यक नीतिनिर्माण गर्दा पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले प्रशासन क्षेत्रको सुधारमा जोड दिए । सङ्घका अध्यक्ष कृष्ण ज्ञवालीले कर्मचारीतन्त्रले नीतिनिर्माण तथा कार्यान्वयन गर्दा निर्वाचित सरकारलाई साथ दिनुपर्ने औँल्याए ।

keshav kumar budhathoki

विशेष