यीनै हुन् कञ्चनका पति र दुई छोराहरु

मंसिर ४ । लावारिसे जीवन बिताएर अहिले समाजसेवी दीक्षा चापागाईको संरक्षणमा रहेकी कञ्चन शर्मा रेग्मीको पति र दुई छोराहरु पत्ता लागेका छन् ।
कञ्चनका पति खानेपानी संस्थाका जागिरे मोहन रेग्मी र उनका दुई छोराहरु शागर र दीपेन्द्र रहेको कञ्चनले नै नेपाल आजलाई जानकारी दिइन् ।
आफ्ना दुई छोराहरुलाई भन्न मन लागेको केही छ कि भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘मेरो आशिर्वाद छ । म आमा हुँ । तर अब छोराहरुलाई केही दिन सक्दिनँ । दिने यहि आशिर्वाद हो ।’
कञ्चनका पति मोहन र छोराहरुको फोटो राखेर विभिन्न ट्रोल पनि बन्न थालेको छ । मोहन रेग्मीको फेसबुक एकाउन्टमा उनीमाथि मानिसहरुले आक्रोश पोख्न थालेका छन् । तर रेग्मीले संयमतापूर्वक पटक पटक स्टाटास मार्फत लेखिरहेका छन्, ‘कृपया विषयको सत्यता बुझिदिनुहोस् । कुरा नबुझि धारणा नबनाउनु होला ।’
रेग्मीले यो प्रकरणमा आफ्ना छोराहरुको कुनै गल्ति नभएकोले यसमा उनीहरुलाई नमुछ्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
तर मानिसहरुले आमालाई सडकको वास बनाउने छोराको गल्ति नभएर कस्को हुन्छ ? भन्दै आलोचना गरिरहेका छन् । रेग्मी खानेपानी संस्थानका इन्जिनियर हुन् ।
मोहन र उनका दुई छोराहरुप्रति समाजिक सञ्जालमा मानिसहरु आक्रोशित भएका छन् । त्यो आक्रोश अभिव्यक्त भएको एक तस्बिर यस्तो छः
[caption id="attachment_39714" align="alignnone" width="960"]