विदेश

असाममा आतङ्ककारीकाे अाक्रमणबाट तीन भारतीय सैनिक मारिए

असाममा आतङ्ककारीकाे अाक्रमणबाट तीन भारतीय सैनिक मारिए
मंसिर - ४ । भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जथालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन्। आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अगरवालले बताए । स्थानीय सञ्चार माध्यमका अनुसार आतङ्ककारीहरुलेृ हातहतियारलगायत रकेट, ग्रिनेड र एके –४७ राइफलसमेत प्रयोग गरेर आक्रमण गरेका जनाइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर प्रहरीका अनुृसार यस प्रकारको एम्बुस आक्रमण युनिटेड लिबेरसन फ्रन्ट अफ आसोम (युएलएफए) ले गर्दै आएको हु्नाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ । तेल धनी क्षेत्र आसाममा स्वतन्त्र गृहभूमिको लागि लडाई गरिरेहका कैयौ समूहहरु मध्ये युएलएफए पनि एक हो । सन् २०११ मा युएलएफएले ३३ बर्षसम्म जारी राखेको विद्रोहलाई अन्त्य गर्न भारतीय सरकारसँग शान्ति वार्ता गर्ने घोषणा गरेका थिए ।
 

India Assam

विशेष