News

छाउ गोठमा महिलाको निधन भएको घटनाप्रति प्रधानमन्त्रीको चासो

छाउ गोठमा महिलाको निधन भएको घटनाप्रति प्रधानमन्त्रीको चासो
मंसिर - ४ । प्रधानमन्त्री पुष्पकमल दाहालले अछामको तिमिल्सेना गाउँमा छाउपडी गोठमा सुतेकी २१ वर्षीय महिलाको ज्यान गएको घटनाप्रति चासो व्यक्त गरेका छन । प्रधानमन्त्री दाहालको सचिवालयले आज अछामका प्रमुख जिल्ला अधिकारी कुशलराज शर्मासँग टेलिफोन गरी उक्त घटनाबारे चासो लिएको हो । छाउपडी गोठमा बसेकी २१ वर्षीय डम्बरा उपाध्यायको मृत्यु भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालको सचिवालयले घटनाबारे चासो लिएको हो । प्रधानमन्त्रीको चासोपछि उहाँको सचिवालयले घटनाबारे चासो लिँदै प्रमुख जिल्ला अधिकारी शर्मालाई टेलिफोन गरी घटनाको यथार्थ जानकारी गराउन आग्रह गरेको हो । सचिवालयले छाउपडी प्रथाजस्तो कुरीतिको अन्त्यका लागि यथाशीघ्र सरोकारवालाहरुको बैठक बोलाएर जनचेतना अभियान सञ्चालन गर्न र सामाजिक क्षेत्रका क्रियाशील सङ्घसंस्थालाई सेमिनार र गोष्ठीमा मात्रै रकम खर्च गर्ने प्रवृत्तिको अन्त्य गरी जनचेतना जगाउने कार्यमा लाग्ने वातावरण बनाउन निर्देशन दिइएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको चासोपछि प्रमुख जिल्ला अधिकारी शर्माले घटनाको यथार्थ बुझेर आवश्यक जानकारी गराउने बताउँदै छाउपडी प्रथा अन्त्यका लागि आफ्नोतर्फबाट सबै प्रयास गर्ने बताउनुभएको थियो । रासस  

Prachanda

विशेष