News

‘राजनीतिक सङ्क्रमण लम्बिँदा विकासमा अवरोध’

‘राजनीतिक सङ्क्रमण लम्बिँदा विकासमा अवरोध’
मंसिर - ४ । रक्षामन्त्री बालकृष्ण खाँणले मुलुकमा राजनीतिक सङ्क्रमण लम्बिँदा विकासले गति लिन नसकेको बताएका छन् । उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले अब आर्थिक विकासले फड्को मार्ने उल्लेख गरे । सबै दल मिलेर संविधान कार्यान्वयनको चरणमा उभिनुपर्ने मन्त्री खाँणको भनाइ छ । पश्चिमाञ्चल बस व्यवसायी सङ्घ बुटवलको २२औँ साधारणसभाको आज बुटवलमा उद्घाटन गर्दै मन्त्री खाँणले नेपाली सेनाले गरिरहेको गतिविधिप्रति उच्च प्रशंसा गरे । उनले नेपालको सुरक्षाका लागि छिमेकी देशहरु पनि सुरक्षित हुनुपर्ने बताए। छिमेकी मुलुकहरु समृद्ध हुँदा हामीलाई पनि फाइदा हुने भन्दै छिमेकीसँग द्वन्द्व बढाउने काम कसैले नगर्न आग्रह गरे । नेपालमा विकास बजेट खर्च नहुँदा समयमा आयोजनाहरु नसकिएको उनकाे भनाइ छ। यातायात व्यवसाय मुलुकको विकासको पूर्वाधार भएकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने बताए । उनले भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई र अन्य विकासका कामलाई निर्माण सामग्रीको उपलब्धता गराइदिन निर्देशनसमेत दिए। सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, सांसद अब्दुल रञ्जाक, सङ्घका अध्यक्ष दधिराम खरेललगायतले बोलेका थिए।

Bal Krishan Khad

विशेष