प्रवास News

कल्पनाका लागि ३० लाख सहयोग उठ्यो, श्रद्धान्जली कार्यक्रमपछि निशाको शब नेपाल पठाइने

कल्पनाका लागि ३० लाख सहयोग उठ्यो, श्रद्धान्जली कार्यक्रमपछि निशाको शब नेपाल पठाइने
nish-karki-kalapan-karki
मंसिर - ४ । अमेरिकामा निधन भएकी निशा कार्कीकी आमाको सहयोगार्थ संचालित अनलाइन अभियानमा ३० हजार ४ सय डलर जम्मा भएको छ । गोफण्डले ९ प्रतिसत ट्याक्स कटाएर दिने झण्डै ३० लाख रुपैयाँ कल्पनालाई पठाइने छ । ओक्लोहमामा नर्सिङ अध्ययनरत निशाको बुधबार हृदयघातका कारण निधन भएसँगै नेपाली समाज टेक्ससले सहयोग अभियान थालेको थियो । एनएसटीका अध्यक्ष कृष्ण लामिछानेले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सहयोग अभियान रोकिएको जानकारी दिएका छन् । लामिछाने सहितको टिम निशाको शब नेपाल पठाउन तथा निशाको श्रद्धान्जली कार्यक्रममा सहभागी हुन आज टेक्ससबाट ओक्लोहमा जाँदैछ । ‘एनएसटीको टोली त्यहाँ पुगेपछि सब पठाउने प्रक्रिया शुरु हुन्छ । कति दिनमा आइपुग्छ अहिले भन्न सकिएन ।’ लामिछानेले नेपाल आजसँगको कुराकानीमा बताए । निशा सानै हुँदा कल्पनाले पति गुमाएकी थिइन् । एकमात्र सन्तान निशालाई कल्पनाले दुःखले हुर्काएकी थिइन् । छोरी अमेरिका पढ्न गएपछि सुखद जीबनको आशामा रहेकी कल्पना निशाको निधनसँगै अर्धचेत अवस्थामा छिन् । धादिङ घर भएकी कल्पना काठमाडौँको ठमेलमा मजदुरी गर्छिन् । र, यो पनि  अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित]

Nisha Karki

विशेष