ताजा खबर विदेश News

भारतमा रेल दुर्घटना ४५ जनाको मृत्यु

भारतमा रेल दुर्घटना ४५ जनाको मृत्यु
मंसिर ५ । भारतमा आइतबार बिहानै एउटा रेल दुर्घटना हुंदा कम्तीमा ४५ जनाको मृत्यु भएको छ । इन्दौरबाट पटना जाँदै गरेको रेल बिहानै स्थानीय समयअनुसार तीन बजेर १० मिनेट जांदा कानपुर नजिकै दुर्घटना भएको हो । दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । लिकबाट रेलको डिब्बा उछिट्टिएर दुर्घटना भएको हो । रेलको १४ वटा डिब्बा लिकबाट बाहिर निस्किएको बताइएको छ । दुर्घटनाको मुख्य कारण भने अझै थाहा हुन सकेको छैन ।

Rail Accident in India

विशेष