ताजा खबर विदेश News

प्रधानमन्त्रीको राजीनामा माग्दै हज्जारौं जनता सडकमा

प्रधानमन्त्रीको राजीनामा माग्दै हज्जारौं जनता सडकमा

मंसिर ५ । मलेसियामा प्रधानमन्त्री नजिव रजाकको राजीनामा माग गर्दै प्रर्दशन सुरु भएको छ । पहेँलो टिसर्ट लगाएका हजारौं प्रर्दशनकारी प्रधानमन्त्री रजाकको राजिनामा माग गर्दै सडकमा उत्रिएका हुन् ।

प्रधानमन्त्री रजाकमाथि सरकारी लगानी कोषमा रहेको अर्बौं रकम हिनामिना गरेको आरोप लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आन्दोलनका क्रममा कयौँ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको घटनाप्रति मानवअधिकारवादी संस्था एम्नेष्टि ईन्टरनेशनलले निन्दा गरेको छ । प्रधानमन्त्री रजाकले भने आफुले लगानी कोषको रकम हिनामिना नगरेको भन्दै आरोपको खण्डन गरेका छन् ।

Malasiya

विशेष