भिडियो News

हेर्नुहोस् मोहन र कञ्चनको सम्बन्ध बिच्छेदको फैसला (भिडियोसहित)

हेर्नुहोस् मोहन र कञ्चनको सम्बन्ध बिच्छेदको फैसला (भिडियोसहित)


मंसिर - ५ ।  कञ्चन शर्मा रेग्मीका पूर्वपति मोहन रेग्मीले नेपाल आजसँगको अन्तर्वार्ताका क्रममा कञ्चन रेग्मीसँगको सम्बन्ध, खटपट, सम्बन्ध विच्छेद आदिबारे खुलासा गरेका छन् । खानेपानी संस्थानका इन्जिनियर रहेका मोहन र कञ्चनको विवाह भएको २१ बर्षपछि २०५८ सालमा सम्बन्ध विच्छेद भएको हो । बाजुरा जिल्ला अदालतको फैशलासँगै कञ्चन र मोहन रेग्मीबीचको वैवाहिक सम्बन्ध २०६८ साल फागुन २ गते समाप्त भएको देखिन्छ । kanchan-regmi-mohan-regmi-nepalaaja-02
kanchan-mohan-divorce-nepalaaja-02
[caption id="attachment_39874" align="aligncenter" width="750"]kanchan-mohan-divorce-nepalaaja-01 कञ्चन शर्मा (रेग्मी) र मदन रेग्मीको सम्बन्ध बिच्छेदको पत्र[/caption]
२०४७ साल असार ३ गते विवाह बन्धनमा बाँधिएका मोहन र कञ्चनको सम्बन्ध शुरुबाटै तिक्ततापूर्ण रहेको मोहनले नेपाल आजसँगको कुराकानीमा खुलाएका छन् । कञ्चन र माेहनबाट दुई छोरा सागर र दीपेन्द्र जन्मेका छन् । अदालतबाट फैशला हुनुपूर्व नै कञ्चनले घर छाडेर माइतीमा बस्न थालेको मोहनको दावी छ । कञ्चनले आफूलाई परिवारले सडकमा फालेको भनी एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिएपछि यस विषयले तरंग पैदा गरेको थियो । मोहन रेग्मीले नेपाल आजसँगको कुराकानीमा आफू पीडित भएको सनसनीपूर्ण प्रष्टिकरण दिएका हुन् । कञ्चनलाई चिन्नेहरुले उनको विगतको बारेमा नकारात्मक हिसावले टिप्पणी गरिरहेका छन् । अर्कोतर्फ पूर्वपति मोहन र उनका सन्तानमाथि सामाजिक संजालमार्फत आक्रमण भइरहेको छ । कञ्चनलाई आश्रय दिइरहेको पवित्र सेवा समाजले विषयलाई अतिरञ्जित बनाएको र अतिरिक्त लाभ लिन खोजेको जस्ता टिप्पणी पनि व्याप्त छन् ।  

Kanchan Sharma Regmi kanchan-regmi-mohan-regmi-nepalaaja-02 Mahan Regmi

विशेष