ताजा खबर News समाज

भोजपुरमा भिषण आगलागी १० घर जले

भोजपुरमा भिषण आगलागी १० घर जले
[caption id="attachment_39897" align="alignleft" width="338"]bh तस्बिर राजेन्द्र राईबाट[/caption] मंसिर ६ ।  भोजपुरको सदरमुकामा आगलागी हुँदा दश वटा घर पूर्ण रुपमा नष्ट भएका छन् । सदरमुकाम चारभज्याङस्थित भोटेपसल बजारमा थिरबहादुर विकको घरबाट सल्किएको आगोले बजारका घर जलेर नष्ट भएका हुन् । आगलागीबाट गणेश श्रेष्ठ, थिरबहादुर विक, लालबहादुर विक, बद्री राणा, अर्विन विक, फबिन्द्र प्रधानलगायतका घर जलेर नष्ट भएको हो । कच्चि र पुराना लहरै जोडिएका घरहरु भएका साथै दमकल छिर्न नसकेका कारण आगो निभाउन कठिनाई हुँदा धेरै क्षति भएको प्रहरीले जनाएको छ । ग्यास लिक भएर आगो लागेको अनुमान गरिए पनि वास्तविक कारण भने खुल्न सकेको छैन ।

Bhojpur Aglagi

विशेष