ताजा खबर विदेश News

भारतको कानपुरमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय २८ पुग्यो

kanpur

मंसिर ६ ।  भारतको कानपुरमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या एक सय २८ पुगेको छ ।  इन्दौरबाट पटनाका लागि छुटेको रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर दुर्घटना भएको हो । त्यसमध्ये चारवटा डिब्बामा बढी क्षति भएको छ । अहिले पनि अन्तिम चरणको उद्धारको काम भइरहेको छ । अझै केही मानिस फसेको हुन सक्ने आशंका गरिएको छ । दुर्घटनामा घाइते भएका दुई सय भन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ ।

man-u-and-cityप्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख तथा उत्तर प्रदेशका मुख्यमन्त्री अघिलेस यादवले पाँच लाखका दरले राहत दिने घोषणा गरेका छन् । यस्तै उत्तर प्रदेश सरकारले गम्भीर घाइतेलाई ५० हजार तथा सामान्य घाइतेलाई २५ हजारका दरले सहयोग गर्ने बताएको छ ।

यसैगरी रेलमन्त्री सुरेश प्रभुले ज्यान गुमाएकाका परिवारलाई साढे तीन लाखका दरले सहयोग गर्ने बताउनुभएको छ । मध्ये प्रदेश सरकारले ज्यान गुमाएकाका परिवारलाई दुई लाख तथा घाइतेलाई ५० हजार दिने घोषणा गरेको छ ।

यस्तै बिहारका मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनामा ज्यान गुमाएका बिहारका व्यक्तिका परिवारलाई दुई लाख तथा घाइतेलाई ५० हजारका दरले सहयोग गर्ने बताउनुभएको छ । कानपुर रेल दुर्घटना भारतमा भएका ठूलो रेल दुर्घटना मध्ये एक हो ।

विशेष