ताजा खबर राजनीति News

पुष्पकमल दाहाल नयाँ राजा

पुष्पकमल दाहाल नयाँ राजा

baidaya मंसिर ६ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन् । शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए ।

शान्तिसम्झौताको दश वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले भने, ‘वृस्तृत शान्ति सम्झौता गलत ढंगमा हुन पुगेकाले जनयुद्वका नायक दाहाल संसदीय व्यवस्थामार्फत मुलुकका नयाँ राजाका रूपमा जन्मन पुगे ।’

शान्तिसम्झौताको १० वर्षे उमेरलाई ती ‘बडे राजा’ले गलत ढंगमा प्रयोग गरेकाले यसको कार्यान्वयन हुन नसकिने उनको भनाइ रहेको छ ।

अन्नपूर्णपोष्ट

Mohan Baidya

विशेष