ताजा खबर News समाज

भक्तपुरमा माइक्रो र ट्याक्सि जुध्यो १ को मृत्यु ८ घाइते

भक्तपुरमा माइक्रो र ट्याक्सि जुध्यो १ को मृत्यु ८ घाइते

मंसिर ६ । भक्तपुरको गठ्ठाघरमा गएराती साढे ११ बजे बा १ ज ९५३६ नम्बरको माईक्रो बसले बा २ ज १५४७ नम्बरको ट्याक्सीलाई ठक्कर दिदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्याक्सी चालक दोलखा भिमेश्वर ३ का ३३ बर्षीय दिनेश के.सी रहेका छन् । दुर्घटनामा माईक्रो बसमा सवार बालकोटका दिनेश कार्की, नैकापका सवेण तामाङ्ग, रामकोटका रोशन श्रेष्ठ, दहचोकका विपिन गिरी, महेश्वर कार्की, कुपण्डोलका अशदिप सिंह, मनमैजुका राज श्रेष्ठ, र लोकन्थलीका रमेश श्रेष्ठ घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि नागरिक अस्पताल पठाइएको छ । दुर्घटना पश्चात फरार रहेका माईक्रो चालकको खोजी भैरहेको छ ।

Accident

विशेष