ताजा खबर राजनीति News

शिक्षक सडकमा

शिक्षक सडकमा

मंसिर ६ । पोल्यान्डको राजधानी वार्सामा सरकारले ल्याएको नयाँ शिक्षा प्रणालीसम्बन्धी योजनाका विरुद्ध हजारौँको सङ्ख्यामा शिक्षक, अभिभावक र विद्रोहीले प्रदर्शन गरेका छन् । आन्दोलनमा शिक्षक, प्राध्यापक, अविभावकलगायत शैक्षिक क्षेत्रका सरोकारवाला सहभागी भएका थिए ।

उक्त आन्दोलनको. आयोजनक ‘पोलिस टिचर्स युनियनले आन्दोलनमा ५० हजारभन्दा बढी व्यक्ति सहभागी भएको जनाएको छ । उनीहरुले “विद्यालयमा भद्रगोल नगराऊँ” र “शैक्षिक क्षेत्रको उथलपुथल रोक” नारा लगाउँदै हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

युनियनका प्रमुख स्लावमीर ब्रोनिआर्जले शैक्षिक क्षेत्रको अस्तव्यस्तता विरुद्धमा आफूहरुले आन्दोलन गरेको बताए । पोल्यान्डका शिक्षामन्त्री अन्ना जालेवास्काले नयाँ शिक्षा प्रणाली योजना सकारात्मक सोंचका साथ नै ल्याएको दाबी गर्दै आएका छन्। यस शिक्षा प्रणालीलाई अर्को वर्षदेखि लागू गर्ने सरकारले तयारी गरिरहेको छ ।

teacher's protest

विशेष