विदेश

भारतः रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो

भारतः रेल दुर्घटनामा मारिनेको सङ्ख्या एकसय ४२ पुग्यो
indian-train-drill
मंसिर - ६  । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा आइतबार भएको रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १४२ पुगेको छ ।दुर्घटना भएको स्थानबाट उद्वारकर्ताले थप शव निकालेका र घाइतेमध्ये केही व्यक्तिको मृत्यु भएपछि सोमबार सो सङ्ख्या १४२ पुगेको छ । दुर्घटनाग्रस्त सो रेलको डिब्बा अझ पनि व्यक्ति फसेका हुनाले मृतकको सङ्ख्या अझ बढ्नसक्ने भय रहेकोे सम्बन्धित अधिकारीले जानकारी दिएका छन् । सो रेलका करिब १४ वटा डिब्बा पटरीबाट छुट्टिएर क्षतविक्षत भएको यस दुर्घटनाबाट जीवित व्यक्तिको उद्वार गर्न सकिने कम मात्र सम्भावना रहेको बताइएको छ । ‘मृतकको सङ्ख्या बढ्ने छ, दुर्घटनाबाट निकालिएका शव चिन्न पनि नसकिने गरी क्षतविक्षत भएको हुनाले दुर्घटनामा मारिएका व्यक्तिको परिचय पनि खुल्न गाह्रो भएको छ’ एक स्थानीय सरकारी वरिष्ठ अधिकारीले एएफपी समााचार समितिलाई बताए । उद्धारकार्य जारी रहेको हुनाले दुर्घटनामा घाइते भएका व्यक्तिको एकिन सङ्ख्या पनि हाल प्रष्ट हुन नसकेको जिल्ला प्रहरी प्रमुख जाकी अहमदले एएफपी समाचार समितिलाई बताएका छन् । दुर्घटनाग्रस्त सो रेलमा दुई हजार भन्दा बढी व्यक्तिले यात्रा गरिरेहेको विश्वास गरिएको छ । कैयाँै यात्रुले टिकटबिना नै यात्रा गरिरहेका हुनाले रेलमा सवार यात्रुको सङ्ख्य एकिन हुन सकेको छैन् । उत्तर प्रदेशको कानपुर सरहसँग पुख्रायान क्षेत्र नजिकै ग्रामीण इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ३ः३० बजे इन्डोर पटना एक्सप्रेस नामक सो रेल दुर्घटना भएको अवस्थामा अधिकांश यात्रु निदाइरहेका थिए दुर्घटनामा परी घाइते भएका सयाैँ व्यक्तिको स्थानीय अस्पतालमा उपचार भइरहेको र उपचार भइरहेका ती व्यक्तिमा आफ्ना आफन्तसँग छुट्टिएका बालबालिकासमेत रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रेलमन्त्री सुरेश प्रभुलाई घटनाका बारेमा नजिकबाट नियाल्न आग्रह गरेका थिए । सन् २०१४ मा उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा २६ व्यक्तिको मृत्यु भएको छ । गतवर्ष पनि मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको थियो ।
 

India Train Accident

विशेष