News

‘मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’

‘मङ्सिर अन्तिम सातादेखि गरिब परिचयपत्र बाँडिने’
nagarikta_citizenship-card मंसिर - ६ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकारी गराए। उनले  गरिबको पहिचान गरी परिचयपत्र बनाउने प्रक्रिया सुरु गरिसकिएको जानकारी गराउँदै भने, “सबै तयारी पूरा गरेर परिचय बनाउने कार्य हुँदैछ । अब चाँडै मन्त्रिपरिषद्बाट परिचयपत्र बाँड्ने निर्णय गर्छौँ । ” गरिब परिवारको पहिचान गर्न पहिलो चरणमा सरकारले जुम्ला, हुम्ला, मुगु भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बाजुरा र बझाङ जिल्लामा गई सर्वेक्षण गरेको थियो । यसैगरी गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, कालीकोट, कैलाली र कपिलवस्तुमा पनि सर्वेक्षण गरिएको थियो । बोर्डले पहिलो चरणमा ती २५ जिल्लाबाट १२ लाख ४० हजार ३५० घरघुरीको सर्वेक्षण गर्दा तीन लाख ३६ हजार ४१८ घरपरिवार गरिबीको रेखामुनि रहेको पहिचान गरेको हो । मन्त्री थानीले ती जिल्लामा गई परिचयपत्र वितरण गरिने बताउँदै ती पहिचान गरिएका गरिबलाई आयमूलक र सीपमूलक शिक्षा दिएर आत्मनिर्भर गराइने बताए । उनले चालु आवमा बाँकी रहेका ५० जिल्लामा गरिबी पहिचान गरी काम सुरु हुने जानकारी गराउँदै अर्को वर्षसम्म सबै गरिबलाई परिचयपत्र वितरण गरिने बताए । रासस

Garibi Niwarn गरिब परिचयपत्र

विशेष