News

संविधान संशोधनका विषयमा शीर्ष नेताबीच छलफल

संविधान संशोधनका विषयमा शीर्ष नेताबीच छलफल
teen-dall
मंसिर–६ । प्रमुख तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा संविधान संशोधनसँग सम्बन्धित विषयमा बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु उपस्थित भएका हुन् । बैंठकमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेका माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, वर्षामान पुन लगायतका नेताहरू सहभागी भएका छन् ।
 

tin dal

विशेष