विदेश

यमन युद्धबिराम ४८ घण्टापछि अन्त्य

यमन युद्धबिराम ४८ घण्टापछि अन्त्य
मंसिर - ६ । अमेरिकाको पहलमा गत शनिबारदेखि लागू गरिएको ४८ घण्टा लामो युद्धबिरामले यमनमा विगत करिब दुई वर्षदेखि हिंसालाई सम्बोधन नगरिकनै सोमबार अन्त्य भएको छ । दुवै समूहद्वारा युद्धबिराम भङ्ग गर्दै आक्रमण जारी राखेको भनी एक आपसमा दोषारोपण गर्दै ४८ घण्टा लामो युद्धबिराम शान्तिका लागि थप विस्तार हुन नसकेको जनाएका छन् । यमनमा सन् २०१५ को मार्चदेखि जारी राजनीतिक अस्थिरता तथा रक्तपातपूर्ण हिंसालाई अन्त्य गर्न भनी अमेरिकी विदेशमन्त्री जोन केरीको पहलमा पछिल्लो सहमति भएको थियो । सयौँ युद्धबिराम विरोधी गतिविधि शनिबारपछि सोमबारसम्मको समयमा भएका भन्दै यसलाई थप विस्तार गर्नुको औचित्य नरहेको भनी युद्धबिराम सम्झौता उल्लङ्घन हुनुमा दुवै पक्षद्वारा एकआपसमा दोषारोपण गरेका छन् । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले सोमबार मध्याह्नदेखि युद्धबिराम अन्त्य भएको पुष्टि गरेकोे छ । युद्धबिराम सम्झौतालाई पालना गरिएन बरू एकपछि अर्को हिंसाका घटना विद्रोहीद्वारा देशैभर गराएका, साउदी अरब नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता मेजर जनरल अहमद असिरीले एएफपीलाई बताए । यमनको दक्षिणपश्चिममा अवस्थित सहर तायजमा युद्धबिराम समयमा समेत विद्रोही आक्रमणमा एकपछि अर्को गर्दै धेरै मनिसको ज्यान गएको भन्दै युद्धबिराम सम्झौताको हाललाई औचित्य समाप्त भएको प्रवक्ता असिरीले जनाए । युद्धबिराम अन्त्यसँगै सरकार तथा विद्रोही पक्षले आफ्ना आक्रमणलाई सशक्त बनाएका छन् ।

Yemen

विशेष