ताजा खबर राजनीति News

प्रमुख तीनदलको बैठकमा चर्काचर्की, अब संविधान संशोधन के होला ?

प्रमुख तीनदलको बैठकमा चर्काचर्की, अब संविधान संशोधन के होला ?

sambidhan

मंसिर ७ । संविधान संशोधनको विषयमा सहमति जुटाउनका लागि बसेको शीर्ष तीन दलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक अरोप प्रत्यारोपमै सीमित भएको हो । बैठकबाट बाहिरिदै एमाले नेता भीम रावलले एमालेले संशोधन प्रस्ताव कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए । एमाले नेता रावलले चुनाव गराउने बेला सरकारले अनावश्यक रुपमा संशोधनको बखेडा झिकेको आरोप लगाए।

संविधान संशोधन स्वीकार गर्न नमानेपछि प्रधानमन्त्री प्रचण्डले बैठकमा एमाले नेताहरुले अहंकार प्रस्तुत गरेको बताउनु भएको थियो । कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय सभा, सिमांकन, नागरिकता र भाषा आयोगका विषयमा संशोधनको प्रस्ताव राख्दा एमालेले अस्वीकार गरेको बताए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले आजको बैठकमा एमालेले अहंकार र दम्भ देखाएको टिप्पणी गर्नुभयो । उहा“ले एमालेभन्दा अरु दल नै छैनन् भन्ने खालको व्यवहार प्रदर्शन गरेको बताए । आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनस“ग सल्लाह गरेर संशोधन प्रस्ताव दर्ता हुने नेताहरुले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, बामदेव गौतम, सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षामान पुन लगायतका नेताहरु सहभागी थिए ।

Nepali Politics

विशेष