विदेश

५ अर्बको बिहे गर्ने बाबुलाई आइपर्यो आपत्

५ अर्बको बिहे गर्ने बाबुलाई आइपर्यो आपत्

bihe मंसिर ७ । छोरीको बिहेमा ५ अर्ब भारतीय रुपैयाँ (करिब ७ अर्ब ९८ करोड ७७ लाख १७ हजार नेपाली रुपैयाँ) उडाउने एक भारतीय नेताको घरमा छापा हानिएको छ ।

कर्नाटकको खानी व्यवसायको चर्चित नाम जर्नादन रेड्डीको बेल्लारीस्थति ओबुलापुरम खानी कम्पनीमा आयकर विभागले सोमवार छापा मारेको हो ।

उनको घरमा पनि विशेष अनुसन्धान टीम (एसआईटी ) ले पनि छापा मारेको छ। सुत्रलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आयकर विभागले केही अहम कागजपत्र हात पारेको छ। जर्नादनले भारत सरकारले नोटमा लाएको प्रतिबन्धका बाबजुत ५ अर्ब भारतीय रुपैयाँ खर्च गरेर छोरीको भव्य शाही बिहे गराएका थिए । यो समाचार भारतीय सञ्चामाध्यममा चर्चित बनेको थियो ।

भारतीय जनता पार्टीबाट मन्त्री पनि भइसकेका उनले छोरीको बिहेमा बलिउडका केही कला निर्देशकहरुको सहयोगमा बिहेको मण्डप राखिएको क्षेत्रमा भब्य र आलिशान सेट बनाएका थिए । यी सैट कयौँ चर्चित स्थानहरु जस्तै हम्पीको मन्दिर चेन्नईको कोल बजारको नक्कल गरी बनाइएको थियो ।

बेहुली ब्रहमिनी र बेहुला राजीव रेड्डीको प्रतिमूर्ति पनि त्यहाँ तयार गरिएको थियो । डाइनिङ्ग एरियालाई पनि रेड्डीको गाउँ जस्तै बनाइएको थियो । लगभग ४० बैलगाडीको पनि व्यवस्था गरिएको थियो । यी बैलगाडीले पाहुना र कलाकारलाई बिहेको मण्डप सजाइएको स्थानसम्म लगिएको थियो ।

यी पूर्व बीजेपी नेताको घरमा बीजेपीका कयौं नेताहरु बेहुला बेहुलीलाई आर्शिवाद दिन पनि पुगेका थिए । यो बिहेबारेमा कांग्रेसले पनि संसद सत्रका क्रममा कुरा उठाएको थियो । सांसदहरुले गरिबहरु बिहेका लागि पैसाको जोडजाम गर्न नसक्दा छटपटिइरहेका बेला जनार्दन रेड्डीले कसरी यति भब्य बिहे गरे भन्दै आक्रोश पोखेका थिए ।

विशेष