सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुस ५ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने

मंसिर ६ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको १ सय ७ औं बोर्ड बैठकले यसअघि मंसिर ८ गते गर्ने तय भएको प्रतियोगिता एक महिनापछि सार्ने निर्णय गरेको हो ।
यस्तै क्षेत्रीय प्रतियोगिता मंसिर २० देखि २८ गतेसम्म गर्ने निर्णय पनि भएको छ । खेलकुद मन्त्री दलजित श्रीपालीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको लागि छुट्याइएको बजेट अपुग हुने भन्दै सरकारसँग थप रकम माग्ने निर्णय पनि गरेको छ ।
RAKHEPA