खेल ताजा खबर News

साहारा सुरुङ्गा गोल्डकपमा मनाङ र संकटा भिड्ने

साहारा सुरुङ्गा गोल्डकपमा मनाङ र संकटा भिड्ने

14th Aha-Raha Gold Cup match मंसिर ७ । साहारा सुरुङगा गोल्डकप फुटबल अन्र्तगत समुह चरणको अन्तिम खेलमा आज मनाङ मस्र्याङदी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल सुरुङगास्थित कन्काई उच्च माबिको खेल मैदानमा अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।

आजको बिजेताले सेमिफाईनलमा रुपन्देहि ११ प्रतिद्धन्दी पाउनेछ । रुपन्देहीले नेपाल आर्मीलाई हराउदै प्रतियोगीताको सेमिफाईनलमा स्थान बनाएको थियो । यसअघि हिजो भएको खेलमा झापा ११ लाई ट्राईब्रेकरमा ५–४ ले हराउदै शसस्त्र प्रहरीको एपीएफ प्रतियोगीताको सेमिफाईनलमा प्रबेश गरेको थियो ।

८ टोली सहभागी प्रतियोगिताको उपाधी बिजेताले ३ लाख ५१ हजार र उपबिजेताले २ लाख ५१ हजार हात पार्नेछन् ।

Sahara Gold cup

विशेष