राजनीति News

पार्टी एकतापछि कमल थापाले मागे उपप्रधानसहित स्थानीय विकास मन्त्रालय

पार्टी एकतापछि कमल थापाले मागे उपप्रधानसहित स्थानीय विकास मन्त्रालय

Kamal Thapa

सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र विपक्षमा रहेको राप्रपा नेपाल एकीकरण भएपछि सत्ता सहभागिताका बारेमा एकीकृत पार्टीले समान धारणा बनाउने प्रयास थालेको छ । अध्यक्ष कमल थापाले उपप्रधानसहित स्थानीय विकास मन्त्रालय पाएमा सरकारमा सहभागी हुने धारणा राखेको स्रोतले बतायो । प्रधानमन्त्रीको दल माओवादी केन्द्रको भागमा परेको स्थानीय विकास मन्त्रालय मालदार मन्त्रालय मध्येमा पर्दछ । अहिले राप्रपाले दुई मन्त्रालय पाएको छ ।

थापाको चाहना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पुगिसकेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा कमल थापा स्वंय उपप्रधानसहित परराष्ट्र र स्थानीय विकासमन्त्री थिए । अहिले उनले परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताइन्छ । प्रमुख दल नेपाली काँग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालय नपाइने निष्कर्षमा थापा पुगिसकेको स्रोतले बतायो ।

थापाले सत्ता समीकरण मिलेमा संविधान संशोधनमा समान धारणा बनाउन सकिने खबर प्रधानमन्त्रीलाई पठाएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले के गर्छन ?

स्थानीय विकास मन्त्रालय राप्रपाले मागेको सम्बन्धमा प्रधानमन्त्रीले आन्तरिक छलफल थालेका छन् । यसअघि राजनीतिक अवसर नपाएका हितराज पाण्डेलाई बीचैमा मन्त्रिपरिषद्बाट बिदाइ गर्न प्रचण्ड अनिच्छुक रहेको प्रधानमन्त्री निकट स्रोतले जनायो । प्रचण्डले मन्त्री पाण्डे र पार्टी पदाधिकारीसँग छलफल गरेर थापासँगको सम्बाद अघि बढाउने बुझिएको छ ।

एमालेसँग कुरा नमिलेसम्म थापा आउँदा र जाँदाको अर्थ नरहने सुझाव एकथरी नेताहरुले प्रधानमन्त्रीलाई दिएको बताइन्छ । सत्ता पक्ष बलियो हुँदै जाँदा एमालेमाथि भार बढ्दै जाने र एमाले सहमतिमा आउने भन्दै थापालाई जस्तै सर्तमा पनि ल्याउन पर्ने मत पनि देखिएको छ ।

kamal Thapa Puspa Kmala Dahal

विशेष