
मंसिर – ९ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको आंकोलोजी कोषलाई दिएका छन् ।
मन्त्री भए लगत्तै अस्पतालहरुको निरिक्षण गर्ने क्रममा सवै भन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने घोषणा त्यति बेलै गरेका थिए । सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।
अस्पतालमा क्यान्सर पीडित बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषले आर्थिक अभाव भएका विपन्न परिवारका बालबालिकाको उपचारको लागि सहयोग गर्ने गर्दछ । निरिक्षणका क्रममा सो कोष अझ शसक्त बनाउन निर्देशन दिएका थिए ।
मन्त्री थापाको निर्देशन अनुसार नै अहिलेसम्म कुनैपनि बालबालिका आर्थिक अभावका कारण उपचारबाट बञ्चीत हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए । उनले २०७२ साल भरीमा पुराना ५८४ जना र नयाँ ४५ जनाको उपचार गरिएको जानकारी दिए । अंकोलोजी वार्डमा २६ शैया रहेको छ ।
Gagan Thapa
Kanti Hospital