विदेश

अमेरिकामा सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु

अमेरिकामा सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु
मंसिर - ७ । अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् । एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । मृतकमध्ये पाँच बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा ‘किन्नर गार्टेन’का ३५ जना बालबालिका रहेका थिए । टेन्नेस्सीमा हालसालै भएको यो दोस्रो दुर्घटना हो । गत शुक्रबार बिहान भएको अर्को विद्यालय बस दुर्घटनामा करिब दुई दर्जन बालबालिका घाइते भएका थिए ।

Road Accident in america

विशेष