News

पुनःनिर्मित बौद्ध महाचैत्यको प्रधानमन्त्रीद्वारा उद्घाटन

पुनःनिर्मित बौद्ध महाचैत्यको प्रधानमन्त्रीद्वारा उद्घाटन
boudha-new
मंसिर - ७ ।  काठमाडौंको बौद्धमा रहेको भूकम्पबाट क्षतिग्रस्त भइ पुनःनिर्मित बौद्ध महाचैत्यको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । विश्व सम्पदा सूचीमा रहेको यस ऐतिहासिक सम्पदा जनस्तरको सहयोग र दान–चन्दाबाटै जिर्णाेद्वार र पुनःनिर्माण गरिएको हो । उद्घाटनअघि महाचैत्यको तीन दिनसम्म शुद्धीकरण, चैत्यको प्राणप्रतिष्ठा तथा बौद्ध परम्पराअनुसारका पाठलगातयका काम गरिएको थियो । महाचैत्यको जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इच्छाशक्ति भयो भने समयमा ठूला काम सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश यसले दिएको बताए । उनले बौद्ध महाचैत्यको पुनःनिर्माण सम्पन्न हुनुले भूकम्पप्रभावित अरु क्षेत्रको पुनःनिर्माणका लागि प्रेरणा मिलेको बताए । बौद्धनाथ क्षेत्र विकास समितिको अग्रसरतामा २०७२ माघ २८ गतेदेखि सुरु भएको महाचैत्यको पुनःनिर्माणमा विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त २० करोड ९० लाखसहित २३ करोड रुपैयाँ खर्च भएको समितिले जनाएको छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र बौद्ध महाचैत्यको उद्घाटनमा सर्वसाधारण, बौद्ध भिक्षु, श्रीलंका, म्यानमार, लाओस, भियतनाम, थाइल्यान्डलगायत दातृमुलुकका कूटनीतिक प्रतिनिधिको सहभागिता थियो ।
 

Bauddha Chaita Pradhan Mantri puspa kamal dahal

विशेष