News

निर्धारित समयमा चुनाव गर्न माग

निर्धारित समयमा चुनाव गर्न माग
electation-nirbachan-aayog मंसिर - ७ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्धारित समयभित्र निर्वाचन सम्पन्न गर्नका लागि चाहिने आवश्यक कानुनी तथा प्राविधिक विषयलाई आगामी पुस मसान्तभित्र सम्बोधन गर्नुपर्ने माग गरेको छ । निर्वाचन आयोगमा रिक्त तीन आयुक्त अविलम्ब नियुक्त गर्नुपर्ने, चुनावको मिति तोक्ने अधिकार आयोगलाई दिइने व्यवस्था गर्नुपर्ने र निर्वाचनसम्बन्धी आवश्यक कानुन तत्काल पारित गर्नुपर्ने माँग नियोकले गरेका छन् । नियोकद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नियोकका उपाध्यक्ष प्रा कपिल श्रेष्ठले सङ्क्रमणकालीन व्यवस्थाको अन्त्य गरी लोकतन्त्रको मूल्य मान्यतालाई संस्थागत गर्न निर्वाचनको खाँचो रहेको औँल्याए । नियोकका महासचिव गोपाल सिवाकोटीले १४ वर्षदेखि स्थानीय तहको निर्वाचन हुन नसक्दा विकास निर्माण तथा ३१ जिल्लामा भूकम्पपीडितलाई सहयोग वितरणमा समस्या परेको बताए। न्यूज क्लब अफ नेपालका अध्यक्ष ध्रुवकुमार मैनालीले स्थानीय तहको निर्वाचन गर्न सरकार फेरबदल भएर केही फरक नपर्ने बताउँदै अब चाँडो स्थानीय तह वा निकायको चुनाव गराउन सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

nirbachan aayog

विशेष