विदेश

अमेरिकी नागरिकलाई यूरोप जाँदा सतर्क रहन आग्रह

अमेरिकी नागरिकलाई यूरोप जाँदा सतर्क रहन आग्रह
मंसिर - ७ । अमेरिकी विदेश विभागले विदा मनाउन यूरोप जान चाहने अमेरिकी नागरिकमाथि आतङ्कवादी हमला हुनसक्ने खतरा रहेको बताउँदै यात्राका समयमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्तीमा अमेरिकी नागरिकले “विदामा यूरोपमा हुने उत्सव, कार्यक्रम तथा बाहिरी बजारमा जाँदा सतर्कता अपनाउन” भनिएको छ । विभागले यो सतर्कताका लागि सूचना फेब्रुवरी २० सम्मलाई मध्यनजर गरी जारी गरेको हो । विज्ञप्तीमा अतिवादी समूहबाट यूरोपमा आक्रमण जारी राखेको । अमेरिका तथा यूरोप वर्षको अन्त्य तथा नयाँ वर्षको सुरुवातमा दिइने लामो विदा बिताउन विदेश यात्रामा निस्कने कुरालाई मध्यनजर गर्दै विदेश विभागले सो सूचना जारी गरेको हो । सूचनामा कसले र कस्तो किसिमका आक्रमण हुन सक्ने सम्भावना छन् भनी विस्तारमा केही बताइएको छैन । सन् २०१५ को जनवरी पछि एक पछि अर्को गर्दै भएको आक्रमणमा फ्रान्स र बेल्जियममा २५० मानिसको मृत्यु भएको थियो भने सयौँ अन्य घाइते भएका घटनामा अतिवादी इस्लामिक स्टेट (आइएस) समूहले जिम्मेवारी लिएको थियो ।

America America-Canada

विशेष