News

विद्युत् चोरीको आरोपमा ३३ पक्राउ

विद्युत् चोरीको आरोपमा ३३ पक्राउ
  High voltage towers with sky background. मंसिर ८ । विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चोरीको आरोपमा २३ जनालाई पक्राउ गरेका छन् । विद्युत् प्राधिकरण कार्यालय लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले हुकिगं गरी बिधुत् चोरी गरिरहेको अवस्थामा जिल्लाको बस्तीपुर, झिटकी, कमल दह, ढोढना, शोभापुर, भदैयालगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको विद्युत् प्राधिकरण कार्यालय लहानका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए । पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरिने उनले बताए । कार्यालय प्रमुख यादवका अनुसार, विधुत् चोरीको आरोपमा कार्यालयले साउनदेखि हालसम्म ८१ जनालाई पक्राउ गरिएको र उनीहरुबाट विद्युत् मोटर, फ्रिज, टेलिभिजन, पङ्खालगायतका ५६ थान समान समेत बरामद गरिएको छ । पक्राउ परेकाबाट जरिवाना स्वरुप रु सात लाख ९३ हजार चारसय सङ्कलन भएको पनि उनले बताए ।

विशेष