News

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते
मंसिर - ८ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी दुर्घटनामा परेका छन् । अध्यक्ष केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका हुन् । मैतीदेवीस्थित कोठाबाट मण्डिखाटारमा रहेको पार्टी कार्यालय जाने क्रममा उनी गुडिरहेको माइक्रोबाट लडेका हुन्। उनको टाउको र ढाडमा चोट लागेको छ । माइक्रोबाट लडेका उनको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबाट लडे लगत्तै विहोस भएका उनको अहिले होस आइसकेको छ । माइक्रोबाट लडेपछि उनलाई स्थानीय र प्रहरीको सहयोगमा अस्पताल ल्याएको हो।

Chitra Bahadur KC

विशेष