सुमनको फोन कुर्दै मोहन, विपसना धाउँदै कञ्चन


मंसिर - ८ । गुमनामजस्तै रहेका मोहन रेग्मी र उनकी पूर्वपत्नी कञ्चन पछिल्लो समय चर्चाको शीखरमा छन् । टेलिभिजन कार्यक्रम सुमनसँगमा प्रस्तुत भएपछि कञ्चन रातारात सहानुभुतीको पात्र भइन् भने उनका पूर्वपति मोहन सबैको निशानामा परे । यो क्रम धेरैबेर टिक्न सकेन । कञ्चनको बयान विवादस्पतद रहेको तथ्यहरु सार्वजनिक भएसँगै मोहन सहानुभुतिको पात्र बने, कञ्चनका बारेमा अनेक टिकाटिप्पणी शुरु भए ।

अहिले यि दुई पात्र के गरिरहेका छन् ? नेपालआजको जिज्ञाशामा मोहनले कार्यक्रम प्रस्तोता सुमनको फोन कुरिरहेको जनाए । ‘उहाँले अर्को साता हामीसँग कुरा गर्ने भनेको सुनियो, अहिलेसम्म फोन आको छैन । अब उहाँकै कार्यक्रमबाट विषय राख्ने । देश विदेशबाट अन्तरवार्ताका लागि फोन आइरहेको छ । को कोसँग बोल्ने ?’ आफू पछिल्लो घटनाक्रमले मर्माहत भएको जनाउँदै मोहनले भने, ‘उहाँसँग गएर म विषयवस्तु राख्न चाहन्छु । उहाँको चाहना पनि त्यही रहेछ । तर, विहीबार हुन लाइसक्यो फोन आको छैन ।’ कार्यक्रमपछि प्राप्त भएको प्रतिक्रियाका कारण कञ्चन पनि तनावमा छिन् । कञ्चनले आश्रय लिइरहेको पवित्र समाज सेवाकी संचालिका दीक्षा चापागाईका अनुसार कञ्चन विपसना जाने सोचमा छिन् । ‘विपसना जाने भनेर निस्कनु भएको हो । अहिलेसम्म आउनुभएको छैन ।’ कञ्चनका बारेमा जानकारी दिँदै दिक्षाले भनिन्, ‘उहाँ तनावमा हुनुहुन्छ । तनाव व्यवस्थापनमा लागिरहनुभएको छ ।’
Kanchan Regmi Kanchan-Mohan mohan regmi