News

घुस लिने सव–इन्जिनियरविरुद्ध आरोपपत्र

घुस लिने सव–इन्जिनियरविरुद्ध आरोपपत्र
मंसिर–८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९७ हजार घुस लिने सव–इन्जिनियर सञ्जयकुमार यादवविरुद्ध आरोपपत्र दायर गरेको छ । सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतमा कार्यरत सव–इन्जिनियर यादवलाई बिल फरफारक गरी चेक भुक्तानी दिने प्रयोजनका लागि उक्त रकम घुस माग गरिरहेको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो । आयोगले निज यादवको कसुर पुष्टि हुन आएको भन्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । रासस

Aktiyar Corruption sub-engineer

विशेष