विदेश

कोरियाली राष्ट्रपति कार्यालयमा भियग्रा भेटिएपछि...

कोरियाली राष्ट्रपति कार्यालयमा भियग्रा भेटिएपछि...
मंसिर–८ । दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन हेको राजीनामा माग्दै प्रदर्शन हुनुका साथ साथै विपक्षीको आलोचना पनि बढ्दै गइरहेको छ । विपक्षीहरुबाट नीति निर्माणदेखि राष्ट्रपति पार्कका व्यक्तिगत कुराको पनि आलोचना भइरहेको छ । यसै क्रममा राष्ट्रपति कार्यालयले यौन उत्तेजना बढाउने औषधी भियग्राा किनेको कुरा केही दिन यता सामाजिक सञ्जालमार्फत निकै चर्चाको विषय भएको छ । राष्ट्रपति कार्यालयले ३ सय ६० वटा भियग्रा क्याप्सुल किनेको विपक्षी सांसदले सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि यसको व्यापक विरोध भएको हो । यता राष्ट्रपति कार्यालयले भने बुधबार विज्ञप्ति निकालेर पूर्वी अफ्रिकाको भ्रमणमा कार्यालयका कर्मचारी र राष्ट्रपतिका सहयोगीलाई ‘हाइ अल्टिच्यूड’ बाट बच्न ती भियग्रा किनेको बताएको छ । कोरियामा डाक्टरहरुले ‘हाइ अल्टिच्युड’ बाट बच्न भियग्रा सेवन गर्नुपर्ने सुझाव दिन्छन् । गत मेमा राष्ट्रपति पार्कले युगान्डा, केन्या र इथोपियाको भ्रमण गरेकी थिइन् । तर ती भियग्रा चक्कीको प्रयोग गर्नु नपरेको कार्यालयका प्रवक्ता जङ योङ कुकले बताए ।

south korea president Viagra

विशेष