विदेश

‘भारतीय आक्रमणमा’ १२ सर्वसाधारणको मृत्यु, दुवै पक्षका १० सैनिकको मृत्युः पाकिस्तान

‘भारतीय आक्रमणमा’ १२ सर्वसाधारणको मृत्यु, दुवै पक्षका १० सैनिकको मृत्युः पाकिस्तान
मंसिर - ८ । भारतीय पक्षबाट पाकिस्तानी गाउँहरुलाई लक्षित गरी तोप तथा गोलाबारुदद्ध आक्रमण हुँदा विवादास्पद काश्मिरी क्षेत्रको सीमा क्षेत्रमा एक बसमा लाग्दा बुधबार बसमा यात्रारत कम्तिमा १२ जना सर्वसाधारणको मृत्यु भएको पाकिस्तानी सैनिक तथा अन्य अधिकारीले बताएका छन् । उक्त घटनामा करिब १५ जना अन्य मानिस घाइते भएको जनाइएको छ । यसको केही घण्टापछि पाकिस्तानी सेनाले जवाफी कारबाही चलाएको र दुई देशका सेनाबीच भएको झडपमा एक क्याप्टेनसहित तीन जना पाकिस्तानी सेनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । झडपमा भारतीय पक्षका सात जवानको पनि मृत्यु भएको पाकिस्तानको दाबी छ । यसको भारतीय पक्षबाट पुष्टि भएको छैन । पाकिस्तानी डेपुटी कमिसनर वाहिद खानका अनुसार भारतीय तोपद्वारा पाकिस्तान प्रशासित काश्मिरअन्तर्गतको निलम उपत्यकामा भएको आक्रमणबाट तीन यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका सात जना अन्यको उपचारका क्रममा स्थानीय एक अस्पतालमा निधन भएको थियो । पाकिस्तान प्रशासित काश्मिरका प्रमुख सरदार मसुद खानले सीमा क्षेत्रमा भएको भारतीय आक्रमणको एक विज्ञप्ति जारी गरी विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायसँग भारतीय पक्षबाट युद्धविराम सम्झौताको उल्लङ्घन भएको भन्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् । उहाँले संयुक्त राष्ट्रसङ्घको भारत तथा पाकिस्तानका लागि खटिएका सैनिक गतिविधि अनुगमन समूहलाई बुधबारको आक्रमणबारे अनुसन्धान गरी युद्धबिराम भङ्ग गर्ने समूहलाई कानुनी दायरामा ल्याउन अनुरोध गरे । भारतीय सैनिक प्रवक्ता कर्नेल नितिन जोशीले भने सीमा क्षेत्रमा दुवै पक्षबीच झडप भइरहेको बताए ।

India Pakistan india pakistan war

विशेष