News

काठमाण्डौमा लुटेराको आतंक

काठमाण्डौमा लुटेराको आतंक
मोटरसाइकलमा सवार भएर हुइँकिदै महिलाले लगाएको सिक्री र बोकेको नगद लुट्ने लुटेराहरुको समुह काठमाण्डौमा सक्रिय भएकबो छ । यसरी लुट्दा पीडित र सर्वसाधारणले हुलिया र मोटरसाइकलनको नम्बर थाहा नपाउँदै फरार हुन्छन् । chor उपत्यकाको सुरक्षाका लागि जडित करिब तीन सय क्लोज सर्किट क्यामेरामा समेत लुटेरा समूह कैद हुन सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार यता यस्तै घटना भइरहेको छ । महानगरीय प्रहरीले महिलाले लगाएका सिक्री र बोकेको नगद लुटपाटमा नयाँ समूह सक्रिय भएको जनाएको छ । महानगरीय प्रहरीका अनुसार शुक्रबार यता सक्रिय समूहको निसानामा बुधबारसम्म पाँच महिला परिसकेका छन् । प्रहरीले असार १२ मा यस्तै लुटेरा समूहलाई पक्राउ गरेपछि पाँच महिना शान्त रहेको उपत्यकामा नयाँ समूहको आतंक बढेको छ । महानगरीय प्रहरीका अनुसार सोमबार सिनामंगल सन्चुसेन शाहले लगाएको सिक्री लुटिएको छ । पीडितका अनुसार घटनामा कालो पल्स मोटरसाइकलमा सवार दुई व्यक्ति बाटोमा हिँडिरहेकी शाहको सिक्री लुछेर भागे । नागरिक दैनिकबाट

chori kathmandu robarry lutera in kathmandu nepalaaja

विशेष