News स्वास्थ्य

अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख

अध्यक्ष केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
Chitra Bahadur KC मंसिर ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ । बुधबार माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेका उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए । उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका ७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा.अमित थापको समूह उनको उपचारमा संलग्न छ ।

chitra bahadur kc accident

विशेष