News

अन्तर्जातीय विवाहित महिला बेपत्ता

अन्तर्जातीय विवाहित महिला बेपत्ता
missingमंसिर ९ । अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन् । गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ । माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो । बिन्दुका बुबा नरेन्द्र पुलामीले छोरी बेपता भएपछि खोज्न आग्रह गरे पनि घरपरिवारबाट बेवास्ता गर्नुका साथै धम्की समेत आएको बताए । अन्तिमपटक सोमबार गाउँमा भएको छलफलपछि ज्वाइँ दीपेन्द्र नै सम्पर्कविहीन भएकाले प्रहरीमा निवेदन दिएको उनले बताए । दीपेन्द्र पाल्पाका जिल्ला शिक्षा कार्यालयका ओभरसियर हुन् । माइती पक्षले बिन्दुको हत्या भएको हुन सक्ने आशङ्का गरेर खोजीका लागि प्रहरीसमक्ष निवेदन दिएकाले प्रहरी उपरीक्षक हरिराज वाग्लेले निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

Bepatta

विशेष