News

अध्यक्ष चित्रबहादुर केसी घर फिर्ता

अध्यक्ष चित्रबहादुर केसी घर फिर्ता
मंसिर - ९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बिहीबार साँझ अस्पतालबाट घर फर्किएका छन् ।  पूर्व उपप्रधानमन्त्री केसी बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । उनको स्वास्थ्यमा प्रगति भएपछि चिकित्सकका सुझाव अनुसार साँझ घर फर्किएकाे उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिए । नशारोग विशेषज्ञ डा अमित थापाको समूहले उनको उपचार गरेको थियो । यसअघि बिहीबार पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल अस्पताल पुगी नेता केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

र याे पनि 


► दुर्घटना फेरि पनि हुन सक्छ तर पनि सार्वजनिक सवारी नै चढ्छु, सरकारी चढ्दिनँ (भिडियो अन्तर्वार्ता) ► चित्रबहादुर केसी गुडिरहेको माइक्रोबाट लडेर घाइते ► चित्रबहादुर केसी प्रधानमन्त्रीको उम्मेदवार ! कडकिदै दिए केसीले यस्तो जवाफ ► राजिनामा माग्ने कांग्रेसलाई चित्रबहादुर केसीको प्रश्न ‘तेल दिदा नखाने कोल चाट्ने ?’ ► माथिल्लो कर्णाली नेपाल आफैंले बनाउनुपर्ने उपप्रधानमन्त्री केसीको प्रस्ताव प्रधानमन्त्री ओलीद्वारा अस्विकार (भिडियो सहित) ► उपप्रधानमन्त्री केसीका अनुसार नेपाल टुक्राउन भारतले प्रयोग गरेका सूत्र र पात्र यस्ता छन्  

विशेष