विदेश

साढे ६ लाख नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा

साढे ६ लाख नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा
मंसिर–९ । चेक (रिपब्लिक) गणतन्त्रका १५ वर्षभन्दा बढी उमेरका झण्डै छ लाख ४० हजार नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । उनीहरुमध्ये पाँच लाख ४० हजार जनालाई मदिराले व्यापक असर गरिरहेको बुधबार सार्वजनिक भएको अध्ययन प्रतिवेदन जनाइएको छ . यहाँको राष्ट्रिय अनुगमन केन्द्रले गरेको अध्ययन अनुसार उनीहरुमध्ये अधिकांश मदिरा र लागु औषधको लतमा परिसकेका छन् । गत वर्ष लागुऔषध सेवनकर्ताहरुको सङ्ख्या ४६ हजार नौ रहेको प्रतिवेदनमा उल्लेख छ । झण्डै १९ प्रतिशत पुरुष र ६ प्रतिशत महिला गरी चेक नागरिकले नियमितरुपमा दैनिक मदिरा पिउने गर्दछन् । यो सम्पूर्ण जनसङ्ख्याको १२.५ प्रतिशत हो । पुरुषहरुले दैनिक कम्तीमा ३ बोतल वियर पिउने गर्दछन् भने महिलाहरुले २ बोतल पिउने गर्दछन् । ७ प्रतिशत चेक नागरिकले जोखिमयुक्त मदिरा पिउने र ६ प्रतिशतले आफैलाई हानी गर्ने गरी पिउने गरेको प्रतिवेदनमा उल्लेख छ  । मदिराजन्य पदार्थ पिउने मात्र नभई झण्डै २५ प्रतिशत चेक नागरिकले दैनिक धुम्रपान गर्ने गर्दछन् । त्यसमध्ये पुरुष २८ प्रतिशत र महिला १९ प्रतिशत रहेका छन् । मदिराजन्य पदार्थ पिउने र धुम्रपान गर्ने चेक नागरिकहरुलाई कम गर्ने उद्देश्यले अध्ययन गरिएको अधिकारीहरुले जनाएका छन् ।

alcohol and smoke czech republic

विशेष