News

प्रचण्डलाई एक्लै भेट्दै नभेट्ने ओलीको घोषणा

प्रचण्डलाई एक्लै भेट्दै नभेट्ने ओलीको घोषणा
मंसिर - ९ । नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री प्रचण्डलाई एक्लै नभेट्ने सार्वजनिक घोषणा गरेका छन् । एक्लै भेट्दा प्रचण्डले कुरा अर्कै गर्ने गरेको र बाहिर बेग्लै कुरा गर्ने भएकाले अब साथी लिएर भेट्न जाने बताएका हुन् । एमालेको विद्यार्थी र युवा संगठनले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा ओलीले सरकार निर्वाचनका लागि गम्भीर नभएको र अनावस्यक कुरामा समय फालेको आरोप लगाए । उनले मधेशमा नागरिकता समस्या गम्भीर रहेको जनाए । 'पारीबाट आयो, एउटा युवक टिप्यो । गाविसमा गयो, नागरिकता लियो । यस्तो कही हुन्छ रु यसबारेमा सोच्नैपर्छ ।' आक्रामकरुपमा प्रस्तुत भएका ओलीले भने, 'मधेशमा समस्या छ भन्ने तर के समस्या छ कसैले नभन्ने । दाइजोका लागि बुहारी कुटपीट गर्ने, आमालाई बोक्सीको नाममा यातना दिने, दलितलाई कुवा छुन नदिने मधेशको समस्या हो ।' उनले मधेशी मोर्चाका नेताहरु १८ बर्षसम्म सत्तामा हुँदा मधेशका लागि सिन्को नभाँचेको बताए । '३ पटक गरेर म २७ महिना सरकारमा रहेँ । मैले जति मधेशको चिन्ता कस्ले ग-यो ?' उनले प्रश्न गरे ।

Oli Prachanda

विशेष