विदेश

पपुलर भोटमा ट्रम्पभन्दा हिलारी २२ लाख मतले अगाडि

पपुलर भोटमा ट्रम्पभन्दा हिलारी २२ लाख मतले अगाडि
मंसिर–९ । अमेरिकी राष्ट्रपतिको लागि नोभेम्बर ८ मा भएको चुनावको मतगणना अहिले भइरहेको छ । चुनावमा पराजित भएकी हिलारी क्लिन्टन पपुलर मतमा भने लेक्ट्रोल कलेजको भोटको आधारमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प भन्दा निकै अगाडि छिन् । पपुलर मतमा क्लिन्टन अहिले राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका ट्रम्प भन्दा २२ लाख मतले अघि छिन् । अहिलेसम्म ट्रम्पले ६ करोड २२ लाख तथा क्लिन्टनले ६ करोड ४२ लाख पपुलर मत पाएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा पपुलर मतमा विजयी भएका उम्मेदवार पराजित भएको यो पाँचौं पटक हो । राष्ट्रपतिमा निर्वाचित भइसकेका डोनाल्ड ट्रम्पले आउँदो जनवरीबाट कार्यभार सम्हाल्ने छन् ।

America Donald Trump Hillary Clinton

विशेष