खुशीको अर्को खबरः इन्भर्टर चार्ज गर्न नपरेपछि १०० मेगावाट बिजुली बचत

मंसिर – ९ । लोडसेडिङ हुँदा इन्भर्टर चार्ज गर्ने चिन्ताले सबैलाई सताउँथ्यो । अहिले इन्भर्टरको चिन्ता छैन, बिजुली आइरहेको छ । इन्भर्टर चार्ज गर्न नपर्दा बिजुली बचत भइरहेको छ ।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सामाजिक संचालमार्फत खुशीको खबर भन्दै १०० मेगावाट विजुली बचत भएको तथ्य सार्वजनिक गरेका हुन् ।
यसअघि लोडसेडिङ नहुँदा २० अर्ब बराबरको डिजेल बचेको खबर सार्वजनिक भएको थियो ।
bidhut pradhikaran
Kulman Ghising
