विदेश

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा ४० जनाको मृत्यु

पूर्वी चीनमा निर्माणाधिन टावर भत्किँदा ४० जनाको मृत्यु
मंसिर–९ । चीनको पूर्वमा अवस्थित जियाङसी प्रान्तमा एक निर्माणाधिन विद्युत गृहको छतमा चिस्यानका लागि बनाइएको टावर भत्किँदा विहीबार कम्तिमा चालीस जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । घटनापछि तत्काल उक्त स्थानमा पुगेका उद्धारकर्मीले घटनामा कम्तिमा चालीस जनाको मृत्यु भएको जनाएपनि भत्किएको टावरको भग्नावशेषमुनि अझै केही मजदुर पुरिएको अनुमानमा उद्धारलाई जारी राखिएको छ । बिहीबार विहानै करिव ७ बजेतिर भएको उक्त घटनामा पाँच जना मजदुर घाइते भएका बताइएको छ । उनीहरूको स्थानीय एक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

China electricity home

विशेष