News

ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु

accidentमंसिर १० । पोखरा उपमहानगरपालिकाको तेर्सापट्टिस्थित सडकमा बिहीबार दिउँसो ट्रकको ठक्करवाट रिक्सा चालकको मृत्यु भएको छ ।

ग १ क ७७२ नंको ट्रकले इलेक्ट्रिक रिक्सालाई ठक्कर दिँदा त्यसका चालक पोखरा–२६ पिपलडाली निवासी ४० वर्षीय नारायण सुवेदी सख्त घाइते भएका र तत्काल उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिए । प्रहरीले ट्रक चालक तारानाथ बास्तोलालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।

विशेष