News

सुमन खरेलले भने, ‘राम्रो काम कसैले सम्झँदा रैनछन्, अरुका कारण दुःख पाइयो’

सुमन खरेलले भने, ‘राम्रो काम कसैले सम्झँदा रैनछन्, अरुका कारण दुःख पाइयो’

suman-vaiमंसिर १० । ‘मैले पत्रकारिता गरेको ३३ वर्ष भयो । मेरो यति लामो करियरमा मलाई यहि घटनामा सबैभन्दा बढी तनाब भयो । यो घटनाको कारण म खिन्न छुु सोसल मिडियामा नराम्रो हल्ला फैलियो । नराम्रो लाग्यो त्यसले मलाई पनि दुखी तुल्यायो ।

यस्तो बेला कसैले गरेको ३३ वर्ष लामो काम पनि बिर्सदो रहेछ । राम्रो काम कसैले सम्झँदा रैनछन । अरुका कारणले दुख पाइयो । मैले प्रचण्डजीसंंग प्रश्न गरेको थिए बिबिसीमा । त्यो चर्चित भयो । तर अहिले गरेको कामले खोइरो खन्न थाले । म यो देशमा केही गर्छु भनेर आएको मेरो हेल्थ पनि त्यती ठिक छैन । आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो पनि यस्तो अवस्थामा, तर उल्टो भयो ।

यदाकता यस्तै हुन्छ । पत्रकारिता विस्वासमा चलेको हुन्छ । समाचार सूत्रमा विस्वास हुन्छ पात्रमा विश्वास हुन्छ, पात्रप्रति विश्वास हुन्छ । त्यो धमिलो भैदिन सक्छ ।मेरो डेढ घण्टा लामो कुराकानी भयो मोहनजीसंग मैले यो कुरा दोह्याउन चाहेको छैन । हामी मोहनजीको पक्षपनि देखाउछौ । यो विवादमा आगो लगाउने काम होइन हाम्रो । हाम्रो काम बाटो देखाउने मात्र हो ।’ –साप्ताहिकबाट

विशेष