विदेश

इराक आत्मघाती बम आक्रमणको इरानद्वारा निन्दा

इराक आत्मघाती बम आक्रमणको इरानद्वारा निन्दा
iraq-war-solder-waiting
मंसिर - १० । इराकमा भएको आतङ्ककारी आक्रमणको इरानी विदेश मन्त्रालयले शुक्रबार कडा शब्दमा निन्दा गरेको छ । इराकमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८० तीर्थयात्री मारिएका छन् । यस आक्रमणमा परी ४० जना इरानी नागरिकले पनि ज्यान गुमाएका सो मन्त्रालयले जानकारी दिएको छ । आक्रमणमा ज्यान गुमाउने सवै तीर्थयात्री भएको इरानको परराष्ट्र मन्त्रालयले थप जानकारी दिएको छ । यो एक नैराश्यताको सङ्केत भएको विदेश मन्त्रालयका प्रवक्ता बहरम कसेमीलाई उद्धृत गर्दै इर्ना समाचार समितिले जानकारी दिएको छ । यो एक निर्दयी र अमानवीय कार्यले इराकी जनता र सरकारलाई आतङ्कवाद विरुद्धको लडाईमा अवरोध पैदा गर्ने पनि प्रवक्ताले बताएका छन् । इरानको विदेश मन्त्रालय र बग्दादमा रहेको इरानको राजदूतावासले यस हत्या काण्डको गम्भीर रुपमा छानवीन गर्ने पनि उहाँले बताउनु भएको छ । सिया मुसलमान समूदायलक्षित यस आक्रमणमा परी ८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३१ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
 

Iran Iraq Iraq war Pilgrims

विशेष